नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार

नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ। डोल्पामा पछिल्लो समय नयाँ ताल फेला परेपछि प्रदेश सरकारले पछिल्लो समय फेला परेका नयाँ तालहरूको प्रमाणीकरण गर्न लागेको हो। 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले कर्णालीमा पछिल्लो समय फेला परेका नयाँ ताल प्रमाणित गरिने बताए। उनले भने, 'सम्बन्धित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गरेर प्राविधिक टोलीले नयाँ तालको नापजाँच गर्नेगरी योजना बनाएका छौँ।' 

प्रदेश सरकारले नयाँ तालको खोजी र भेटिएका तालको संरक्षण गरिने उनले बताए। पर्यटकीय क्षेत्रहरूको सम्भावनाको खोजीमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्दै आइरहेको छ। उनले भने, 'त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेर ताल तलैया संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ। डोल्पामा नयाँ ताल भेटिने क्रम जारी छ। डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा नयाँ ताल भेटिएकाले त्यसको प्राविधिक नापजाँच गर्ने तयारी गरिएको छ। त्यसका लागि राष्ट्रिय ताल संरक्षण विकास समिति र जल तथा मौसमविज्ञान विभागमा अनुरोध गरिएको छ।'

डोल्पाका स्थानीय सरकारहरू आफ्नो पालिकाभित्रका नयाँ ताल खोजी गर्दैछन्। पर्यटन प्रवर्द्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि आफ्नो पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पदाको खोजीमा लागेका छन्। 

डोल्पो बुद्ध गाउँपालिकाले हालैमात्र नयाँ ताल फेला पारेको छ। ५ हजार १ सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले बताए। समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका-६ फालगाउँको हिमालमा नयाँ तालका रूपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन्। 

पालिकाभित्र अझै चारवटा ताल संरक्षणको अभावमा रहेको गाँउपालिकाले जनाएको छ। विशेष खोज र अनुसन्धानको अभावमा धेरै ताल भए पनि पहिचान र संरक्षण हुन सकेको छैन्।         

आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो। पर्यटकीय सम्पदाहरूको खोजी, पहिचान र प्रचारमार्फत पर्यटकलाई आकर्षण गर्ने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए। 

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ। सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका-१ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका छन्। 

पछिल्लो समय एकपछि अर्को ताल फेला पर्दै जानुले डोल्पामा अझै धेरै ताल तलैयाहरूको पहिचान हुन बाँकी रहेको हुन सक्ने अनुमान गरिएको छ। छार्कभोटमा युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए। सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाई हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ।

छार्काताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले विशेष संरक्षणको अभावमा आठ/नौ वटा ताल पालिकामा रहेर पनि बाहिर आउन नसकेको बताए। 

एक महिनाअघि जीपीएस ट्रयाकिङ्ले प्रमाणित गरेर पङभोर ताल पहिचान भएको उनले बताए। पङभोर तालको उचाई समुन्द्र सतहदेखि ५ हजार ५ सय ५० दशमलब ९ मिटरको उच्चाईमा रहेको बताइएको छ। 

यसअघि नै डोल्पामा रहेको शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको छ। डोल्पामा फेरि नयाँ ताल भेटिने क्रम जारी छ। शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो तालमा पर्यटकको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ। 

गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भएका तालको संरक्षण र नयाँ तालको खोजीमा गाँउपालिका लागि परेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.