साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं : राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्।
प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्। नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्।
प्रतियोगिताको दोस्रो खेलमा आज साँझ साढे ५ बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !
