सरकारले जनमुखी काम नगर्दा प्रदेशमाथि प्रश्न उठ्यो : प्रदेश प्रमुख शेरचन

सरकारले जनमुखी काम नगर्दा प्रदेशमाथि प्रश्न उठ्यो : प्रदेश प्रमुख शेरचन

बुटवल : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले जनमुखी काम नगर्दा प्रदेशमाथि नै प्रश्न उठिरहेको टिप्पणी गरेका छन्। उनले प्रदेश चाहिँदैन भन्ने विषयले सरकारको नेतृत्वमा बस्नेहरूको क्षमतामाथि प्रश्न उठाएको बताए।

संविधान दिवसका अवसरमा प्रदेश प्रमुख कार्यालयले बिहिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनमुखी काम गरेर देखाउन सरकारलाई आग्रह गरे। ‘लुम्बिनी प्रदेशबाटै नमुना काम गरेर अरू प्रदेशले पनि सिक्ने वातावरण बनाऔं न,' उनले भने।

जनताले विकास चाहिरेको भन्दै जनतासंग जोडिने कार्यक्रम बनाउन प्रदेशहरूलाई उनको सुझाव थियो। ‘संघीयता बच्चा अवस्थामै छ, अहिल्यै केही भएन भनेर प्रश्न उठाउने समय भएको छैन, उनले भने –‘तर प्रदेश सरकारहरूले राम्रोसँग काम गर्नुपर्छ।’

प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके सरकार माथि प्रश्न नउठ्ने भएकाले देखिने गरी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरे। लामो संघर्षपछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै उनले दाबी गरे।

एउटै मुद्दामाथि सरकारमा हुँदा समर्थन गर्ने र विपक्षमा रहँदा विरोध गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.