शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठलाई

शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधानमन्त्री श्रेष्ठलाई

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको तर्फबाट नेपाल शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको बताएका छन् । 

बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति खड्काले सरकारका तर्फबाट शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै नेपाल शिक्षक महासंघले मन्त्री र कर्मचारीसँग वार्तामा नबस्ने भनेपछि प्रधानमन्त्रीसँग छलफल गरेर उपप्रधानमन्त्री श्रेष्ठलाई जिम्मेवारी दिएको जानकारी दिए। 

‘शिक्षकले आन्दोलनको घोषणा गरेपछि शिक्षा दिवसको दिन नै आउनुस् वार्तामा भनेर शिक्षामन्त्रीको नेतृत्वमा वार्ताको आह्वान गरेका थियौं। तर मन्त्री होइन, यस अगाडि पनि उपप्रधानमन्त्रीसँग छलफल भएकाले उपप्रधानमन्त्री चाहियो भनेपछि प्रधानमन्त्रीको सल्लाहमा हिजो बेलुका फोन गरेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शिक्षामन्त्री राखेर छलफल गर्न आग्रह गरेँ। आज बिहान एक चरणमा छलफल सुरु भएको छ।’ उनले भने, ‘आज बेलुका फेरि महासंघ र सरकारबीच छलफल हुन्छ। समाधान गर्न सरकारले अग्रसरता लिइरहेको छ।’

उनले शिक्षकका कतिपय माग शिक्षा नियमावलीमै समावेश गर्नुपर्ने खालका रहेको दाबी गरे। उनले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताए।

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै बुधबारदेखि सुरु भएको आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका काठमाडौं आएका हुन्। सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.