धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइन्छ : मेयर सिंह
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मका नाममा अराजकता मच्चाएर वीरगन्जको धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सिंहले वीरगन्जमा सदियौंदेखि कायम धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्तिलाई पहिचान गरेर कानुनको दायरामा ल्याउने बताएका हुन्।
उनले यसका लागि सम्पूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजका अगुवालाई अगाडि आउन अपिल पनि गरेका छन्।
'धर्मका नाममा अराजकता मचाउने वीरगन्जको सदभाव बिगार्न खोज्ने व्यक्तिलाई अब पहिचान गरि कानुनी दायरामा ल्याउन समपूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजलगायत सबै अब अगाडि आउनु परेको छ,' सिंहले फेसबुकमा लेखेका छन्।