नेपाल र चीनबीच १३ बुँदे समझदारी (तस्बिर)

नेपाल र चीनबीच १३ बुँदे समझदारी (तस्बिर)
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेपाल र चीनबीच १२ बुँदै सम्झौता र १ बुँदे समझदारी भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे सहमतिमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

null

सचिवालयका अनुसार नेपाली र चिनियाँ उच्च अधिकारीबीच मानव संशाधन सम्बन्धी सझदारी पत्रमा हस्ताक्षर, हिल्सा सिमिकोट सडक, चीनसँग सडक पूर्वाधार, डिजिटल अर्थतन्त्र सुढृढीकरणका लागि सहायता, कृषि, पशुपन्छी तथा माछापालन, वनस्पतिजन्य औषधीलगायतका विषयमा हस्ताक्षर भएको छ।

नेपाल र चीनबीचको व्यापार र भुक्तानीको अध्ययन गर्न संयुक्त प्राविधिक समुह (joint technical working group) गठन गर्ने समझदारी भएको छ।

चिनियाँ राष्ट्रपति सीसँगको भेटपश्चात हाङ्चाओबाट बेइजिङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले आज समकक्षी लीसँग भेटवार्ता गरेका हुन् ।nullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.