गुल्मीमा चौथो पुल्चोक कप हुने

गुल्मी : गुल्मीमा चौथो पुल्चोक कप २०८० हुने भएको छ। पुल्चोक स्पोर्टस क्लबको पाँचौ वार्षिकोत्सवका अवसरमा आगामी असोज १० गतेदेखि १३ गतेसम्म चौथो पुल्चोक कप हुने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए।
सोमबार तम्घासस्थित मझेरी होटलमा पुलचोक स्पोर्टस क्लबले पत्रकार सम्मेलन गरेर चौथो पुल्चोक कपको तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा जिल्लास्थित विद्यालयस्तरीय छात्रा सहभागी हुनेछन्। जसमा ११ वटा विद्यालय सहभागी भएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए।
उपाध्यक्ष न्यौपानेका अनुसार खेल चार दिनसम्म लगातार चल्नेछ। पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउने छ।
विजेताले पाउने शिल्डको रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले चौथो पुल्चोक कप-२०८० को शिल्ड अनावरण गरेकी हुन्। उपप्रमुख कुँवरले क्लबले आयोजना गरेको कपले खेलाडीलाई उत्साहसहित खेलाडीको पहिचान गरेको बताइन्। हालसम्म भएका तीनवटा कपमा सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय विजेता हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
