ड्रोन उडाएर केपी ओलीले गरे बागमती प्रदेश अधिवेशनको उद्‍घाटन

ड्रोन उडाएर केपी ओलीले गरे बागमती प्रदेश अधिवेशनको उद्‍घाटन

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अधिवेशनको उद्‍घाटन गरेका थिए। ड्रोनबाटै बागमती प्रदेशको प्रथम अधिवेशन लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। 

अधिवेशनको बन्दसत्र भने नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ। अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दैछ। अधिवेशनमा १३ जिल्लाका प्रतिनिधि सहभागी छन्। 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ। बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.