नयाँ सम्बन्धन दिन लागेपछि पूर्वाञ्चल विश्वविद्यालयको चौतर्फी विरोध

नयाँ सम्बन्धन दिन लागेपछि पूर्वाञ्चल विश्वविद्यालयको चौतर्फी विरोध

काठमाडौं : नयाँ सम्बन्धन दिने प्रक्रिया थालेपछि पूर्वाञ्चल विश्वविद्यालयको चौतर्फी विरोध भएको छ। विश्वविद्यालयको सुधारमा लाग्न छोडेर सम्बन्धन बाँड्न लागेको भन्दै  क्याम्पस, विद्यार्थी संगठन र शिक्षाविद्हरूले विरोध गरेका हुन्। उनीहरूले विश्वविद्यालयले तत्काल सम्बन्धन प्रक्रिया स्थगित गरी शैक्षिक क्यालेन्डरअनुसार सुधारको काम गर्न माग गरेका छन्। 

एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयले भदौ १४ गते सम्बन्धनका विषयमा जारी गरेको सूचनाको विरोध गर्दै कलेजलाई ब्यवस्थित गर्न माग गरेको छ। उसले शैक्षिक क्यालेन्डर पूर्णरूपमा तत्काल कार्यन्वयन गरी परीक्षा प्रणाली ब्यवस्थित गर्ने र समयमै नतीजा प्रकाशन गर्न आग्रह गरेको छ। 

शान्तिपूर्ण मागलाई बेवास्ता गरिए जस्तोसुकै आन्दोलन गर्ने चेतावनीसमेत अनेरास्ववियुले दिएको छ। 'पूर्वाञ्चल विश्वविद्यालयभित्र तमाम समस्याहरू छन्। ती समस्या समाधानतिर विश्वविद्यालयको ध्यान जान आवश्यक छ। विश्वविद्यालयबाट सञ्चालनमा आएको कलेजमा विद्यार्थी भर्ना नहुँदा कलेजको स्थिति दयनीय बन्दै गएको छ। कलेजहरूले पाएको सिट (कोटा)को २५-३० प्रतिशत विद्यार्थीहरू पनि भर्ना नहुँदा शिक्षाको गुणस्तर खस्किँदै गएको छ। यस्तो अवस्थामा कलेजको अनुगमन र संरक्षण आवश्यक छ,' अनेरास्ववियुका संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। समस्या छोडेर सम्बन्धन दिनतिर लाग्नु लज्जास्पद् भएको अनेरास्ववियुको बुझाइ छ। अनेरास्ववियुले विश्वविद्यालय सुधारका लागि बुझाएको ध्यानाकर्षण पत्रलाई कार्यन्वयन गर्नुपर्ने माग गरेको छ। 

विश्वविद्यालयको स्वेच्छिक र पूर्वाधार अवस्थामा सुधारोन्मुख भइरहेका बेला हचुवाको भरमा बिना अनुसन्धान विषयहरू बाँड्दै हिँड्नु नाजायज भएको एक शिक्षाविद्ले अन्नपूर्णलाई बताए। उनले भएकै क्याम्पसहरूलाई व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए। 'दिनानुदिन उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेशिने क्रम जारी रहेको तथ्यांकले बताउँछ। करिब एक लाख पचास हजार विद्यार्थी ठूलो धनराशीसहित अघिल्लो आर्थिक वर्षमा अष्ट्रेलिया, अमेरिका, बेलायतलागयतका देशमा पलायन भएका छन्। तर यहाँ भएका विश्वविद्यालयमा अत्यधिक न्यून विद्याथीहरू भर्ना भइरहेका छन्। कलेज सञ्चालन गर्ने धेरै संस्थाहरूलाई आर्थिक संकट पर्न थालेको छ। कुनै ठोस कदम नचालिए यहाँका विश्वविद्यालय धरासायी हुने निश्चित देखिन्छ,' ती शिक्षाविद्ले भने। यस्तो विषम परिस्थितिमा नयाँ कलेज सञ्चालनमा आउनु उचित नरहेको उनको भनाइ छ। पूर्वाञ्चल विश्वविद्यालयमै पनि अघिल्लो वर्षको भर्ना २५ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाउँछ। त्यसैले सम्बन्धनभन्दा पनि चलिरहेको कलेजहरुलाई अझ बलियो बनाउनुपर्ने उनीहरूको माग छ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले यस विषयमा प्रतिक्रिया दिन चाहेनन्। उनले 'भोलि फोन गर्नुस्' भन्दै कुरा टारेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.