मोहर डिजिटलको अनुमतिपत्र खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट २०७६ असोज ३० गते अनुमति पाएको मोहर डिजिटल प्रालीको अनुमतिपत्र खारेज भएको छ। भुक्तानी सेवा प्रदायकका रूपमा सञ्चालित उक्त कम्पनीले कानुन विपरीत कार्य गरेको भन्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सोमबार सूचना सार्वजनिक गर्दै खारेज गरेको बताएको छ।
राष्ट्र बैंककाअनुसार कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकाले भुक्तानी तथा फस्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको हो।
यससँगै केन्द्रीय बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !
