१३ बुँदे सहमति

नेपाल-चीनबीच संयुक्त वक्तव्य : टोखा-छहरे सुरुङमार्ग र चक्रपथ अगाडि बढाउने

नेपाल-चीनबीच संयुक्त वक्तव्य : टोखा-छहरे सुरुङमार्ग र चक्रपथ अगाडि बढाउने

काठमाडौं : नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग र काठमाडौंको चक्रपथको दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपश्चात जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यमा पूर्वधार विकास, जलविद्युत र अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति भएको उल्लेख छ। यो अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत नेपालतर्फको चिलिमे हबमा तिब्बतको जिलोङबाट विद्युत् प्रसारलाइन जोडिने छ। 

संयुक्त वक्तव्यमा चीनले नेपाललाई प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गर्ने उल्लेख छ ।

यसैगरी संयुक्त वक्तव्यमा किमोथान्का र ओलङचुङगोलामा बन्दरगाह खोल्ने सहमति भएको छ। नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौथो चरणको काम सुरु र स्याफ्रुबेसी–रसुवागढी राजमार्गको मर्मतको काम चाँडो सुरु गर्न चिनियाँ पक्ष तयार भएको छ।

जिलोङ/केरुङ-काठमाडौं क्रस-बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन-नेपाल रेलवे सहयोगसम्बन्धी आठौं कार्य बैठक यथाशीघ्र आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ। चिनियाँ पक्षले नेपालका रेलवे व्यवसायीलाई तालिम दिन सहयोग गर्ने जनाइएको छ। 

यसैगरी दुई देशका नागरिक उड्डयन प्राधिकरणबीच भएको सहमति अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा आएकोले चीनबाट पोखरा उडान गर्ने सहमति भएको छ। हवाई मार्गहरू पुन: सुरु गर्दा व्यापार र आर्थिक अन्तर्क्रिया र जनता-बीचमा सहजीकरण गर्न सहज हुने वक्तव्यमा उल्लेख छ।

चीन–नेपाल सीमाको संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत भएका छन्। चीन सरकार र नेपाल सरकारबीच सीमा व्यवस्थापन प्रणालीमा भएको सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन सहमत भएको वक्तव्यमा उल्लेख छ। 

हेर्नुहोस् संयुक्त वक्तव्य...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.