विश्वकप छनोटको तयारीका लागि नेपाल, युएई र हङकङबीच त्रीदेशीय प्रतियोगिता हुने

काठमाडौं : नेपाल, युएई र हङकङबीच त्रीदेशीय प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप छनोटको तयारीस्वरुव तीन देशबीच प्रतियोगिता गर्ने निर्णय गरेको छ।
क्यानका सचिव पारस खड्काले अक्टुबर १७ देखि २६ सम्म काठमाडौंमा त्रीदेशीय टी-२० प्रतियोगिता आयोजना गर्ने बताए। त्यसपछि लगत्तै नेपालले टियु मैदानमै आयोजना हुने टि-२० विश्वकप छनोटमा सहभागी हुँदैछ।
त्यस्तै क्यानका अध्यक्ष चतुर बहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशन कुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम बहादुर खड्का र सदस्य दिवाकार घले रहने गरी पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस !
