स्क्वासको दुवै टोली पराजित

स्क्वासको दुवै टोली पराजित
सुन्नुहोस्

हाङचाओ : एसियाली खेलकुदअन्तर्गत चौथो दिन मंगलबार स्क्वासमा नेपालको पुरुष/महिला दुवै टोली टिम स्पर्धामा पराजित भएको छ। हाङचाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा पुरुष/महिलातर्फ दुवै इभेन्टमा नेपाल पराजित भएको हो।

पुरुषतर्फ समूह ‘ए’मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो। टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५,  अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहन्तकेशर सिम्ह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए।

अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२, अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए। यस्तै महिलातर्फ समूह ‘बी’ मा रहेको नेपाल मलेसिया र मकाउसँग ३–० कै नतिजामा पराजित भयो। महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६, विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए। मकाउविरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४, विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए।

एसियाली खेलकुदअन्तर्गत नै लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडीले पनि पराजय बेहोरेका छन्। हाङचाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोस्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे।

यसैगरी बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन्। पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा पराजित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.