कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले मंगोलियालाई दियो विशाल रनको लक्ष्य

कुशल मल्लको कीर्तिमानी शतकमा नेपालले मंगोलियालाई दियो विशाल रनको लक्ष्य
फाइल तस्बिर

काठमाडौं : नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। चीनमा आयोजना भइरहेको एसियन गेम्सअन्तर्गतको टि-२०आईमा नेपालले निर्धारित ओभरको खेलमा तीन विकेट गुमाएर ३१४ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे। उनले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गरेका हुन्। उनले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गरे। 

त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट भए। २७ बल खेलेका उनले ६ छक्का र २ चौका प्रहार गरे। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाए।

ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.