आयल निगमको आईपीओ आउने

आयल निगमको आईपीओ आउने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको आईपीओ जारी गरिने बताएका छन्। थानीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने योजना भएको बताए।

कम्तीमा दुईवटा आर्थिक वर्ष नाफा गर्ने कम्पनीले आईपीओ जारी गर्न पाउँछ तर निगमले अघिल्लो आर्थिक वर्षमा घाटा बेहोरेको थियो। थानीले सर्वसाधारणलाई निगममा अपनत्व जनाउन आईपीओ आवश्यक रहेको जिकिर गरे। निगममा सरकारको पूर्ण स्वामित्व छ। अर्को सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले पनि आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ।

नवीकरण शुल्क बुझाउन ताकेता 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ। नेप्सेले एक सूचना जारी गर्दै सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो।

५० करोड रुपैयाँसम्मको चुक्ता पुँजी भएका कम्पनीले नेप्सेलाई वार्षिक ५० हजार र ५० लाख रुपैयाँभन्दा माथि चुक्ता पुँजी भएका कम्पनीले भने वार्षिक एक लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ।  

५० करोड रुपैयाँसम्मका डिबेन्चर र म्युचुअल फन्डले  वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ माथिकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ। तोकिएको नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्छ भने सूचीकरण स्थगन पनि हुन सक्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.