‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उदघाटन तथा ‘बिधाता’ पुस्तक विमोचन

‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उदघाटन तथा ‘बिधाता’ पुस्तक विमोचन
सुन्नुहोस्

काठमाडौं : सामाजिक अभियान्ता तथा लेखक दिपेन्द्रराज गिरीद्वारा लिखित ‘बिधाता-२, बिधाता-३ र बिधाता-४’ पुस्तकको विमोचन भएको छ। त्यस्तै दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको उद्घाटनसमेत भएको छ।

भक्तपुरमा आयोजित एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तक विमोचन तथा प्रतिष्ठान उदघाटन गरेका हुन्।

ओलीले शारीरिकरूपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजको उदाहरणीय पात्र भएको बताए। ‘शारीरीकरूपमा मजबुद भएकाहरू काम गर्न अल्छी मान्छन्, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ,’ उनले भने।

गिरीद्वारा लिखित पुस्तक पठनीय, ज्ञानबर्द्धक र जानकारीमूलक भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले पुस्तकमा पछिल्लो केही दशकयताका राजनीतिक, सामाजिक दस्तावेज संग्रहित रहेको आफूले पाएको बताए।

उनले आफुजस्तो स्पाइनल समस्या भोगिरहेकाहरूलाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान पनि सुरु गरेकोमा गिरीलाई धन्यवाद दिए। ‘गिरीजीले प्रष्ठिान नै खोलेर आफूजस्तो शारीरिक अशक्तता भएकाहरूको जीफवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ त्यो एकदमै प्रसंसनीय छ,' उनले भने, '‘यसमा सबैको सहयोगको खाँचो छ, तपाईँहरूले आफ्नो मन लोभीचाहिँ नबनाउनुहोला।’ 

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दिपेन्द्र राज गिरीजस्ता पात्रलाई सबैले उत्साह र ऊर्जा दिनुपर्ने बताए। ‘नेपाली राजनीतिक, सामाजिक परिघटनामा गिरीले गरेका टिप्पणी दूरदर्शी सावित भएका छन्। उनको पुस्तकमा उल्लेख घटनाक्रमले त्यसलाई पुष्टि गर्छ,' उनले भने। कांग्रेस नेता मधु आचार्यले आत्मबल र अठोट भए जस्तोसुकै कठिनाई पन्छाएर पनि सफल हुन सकिन्छ भन्ने उदाहरण गिरीले प्रस्तुत गरेको बताए। 

सो अवसरमा देश र समाजमा विभिन्न माध्यमबाट विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वमुख्य सचिव डा. विमल कोइरालासहित वहालवाला सचिवहरु, पूर्वसचिवहरु, पूर्वप्रधानसेनापतिहरु, पुर्वप्रहरी महानिरीक्षकहरु, पूर्वन्यायाधिसहरु, विभिन्न अस्पतालका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु तथा संचारकर्मीहरु रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.