एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानु श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायण खतिवडा, दावा दोर्जे लामा, ईश्वर चन्द्र पोखरेल र राजेन्द्र राजथलाले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै सचिवमा हस्त पण्डित, रत्न गुरूङ, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले मनोनयन दर्ता गराएका छन्। त्यस्तै दुई उपसचिवको लागि १२ जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस !
