अनन्त ललितपुरको मार्की खेलाडी

अनन्त ललितपुरको मार्की खेलाडी
सुन्नुहोस्

ए डिभिजन लिगको पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडबाट लिग च्याम्पियन बनेका अनन्त राष्ट्रिय टोलीका नियमित डिफेन्डर हुन्। उनले राष्ट्रिय टोलीबाट ५५ खेल खेलिसकेका छन् भने तीन गोल र एक असिस्ट गरेका छन्।

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ ललितपुर सिटी एफसीमा आवद्ध भएका छन्। नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि ललितपुर सिटीले अनन्तलाई मार्की प्लेयरका रुपमा भित्र्याएको हो। 

ए डिभिजन लिगको पछिल्लो सिजन चर्च ब्वाइज युनाइटेडबाट लिग च्याम्पियन बनेका अनन्त राष्ट्रिय टोलीका नियमित डिफेन्डर हुन्। उनले राष्ट्रिय टोलीबाट ५५ खेल खेलिसकेका छन् भने तीन गोल र एक असिस्ट गरेका छन्।

अनन्त सन् २०१५ को साफ यू–१९ च्याम्पियनसिप जित्ने नेपाली फुटबल टोलीका सदस्य थिए। अनन्तले सन् २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले सन् २०२२ मा इस्ट बंगालबाट इन्डियन सुपर लिग खेलेका थिए। अनन्तको आगमनसँगै ललितपुर एफसीले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले जनाएको छ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ। यस सिजनमा पहिले संस्करणका ६ र तीन नयाँ गरी नौ टोलीले प्रतिस्पर्धा गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.