अनन्त तामाङ ललितपुर सिटीमा अनुबन्ध

काठमाडौं : ललितपुर सिटी एफसीले राष्ट्रिय फुटबल टिमका स्टार अनन्त तामाङलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ। नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले अनन्तलाई अनुबन्ध गरेको हो।
अनन्त राष्ट्रिय फुटबल टिमका अनुभवी डिफेन्डर हुन्। राष्ट्रिय फुटबल टिमबाट निरन्तर खेल्दै आएका अनन्तकै कप्तानीमा चर्च ब्वाईज युनाईटेडबाट पछिल्लो सिजनको ए डिभिजन लिगको उपाधि जितेको थियो। अनन्त पछिल्लो सिजनको ए डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। अनन्त भारतको शीर्ष डिभिजनको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली फुटबलरसमेत हुन्।
ललितपुर सिटी एफसीले अनन्तलाई मार्की खेलाडीको रूपमा अनुबन्धन गर्नुको मुख्य कारण क्लबको उत्कृष्टताको निरन्तरको खोजको प्रमाण हो। उनको आबद्धताले नेपाली फुटबलमा आशाको सञ्चार गर्ने विश्वास लिएका ललितपुर सिटीले लिएको छ। 'अनन्तको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धताबाट क्लबको पहिचान झल्कने छ। अनन्तको उपस्तिथिले क्लबको प्रर्दशन र नतिजामात्र मात्र सहयोग पुग्ने छैन, नयाँ सम्भावना बोकेका खेलाडीलाई राम्रो प्रर्दशन गर्न प्रेरित गर्नेछ,' विज्ञप्ति जारी गर्दै ललितपुर सिटीले भनेको छ।
प्रतिक्रिया दिनुहोस !
