घुससहित मालपोत कार्यालयका दुईजना कर्मचारी पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालयका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ परेका हुन्।
जग्गा नामसारी गरेवाफत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई घुस लिइसकेको अवस्थामा इनरुवा नगरपालिका-३ मालपोत चोकबाट आज नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
