बुढा नेतामाथि दोष थुपारेर निस्क्रिय बस्न युवापुस्तालाई छुट छैन : मुख्यमन्त्री पाण्डे

बुढा नेतामाथि दोष थुपारेर निस्क्रिय बस्न युवापुस्तालाई छुट छैन : मुख्यमन्त्री पाण्डे
सुन्नुहोस्

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अरुमाथि दोष थुपारेर पानीमाथि ओभानो बन्ने छुट युवापुस्तालाई नभएको बताएका छन्।

 
शुक्रबार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले बुढा नेताले कांग्रेस बिगारे भन्ने आरोप लगाएर आफूहरु निस्क्रिय भएर बस्न छुट नभएको बताए। ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापतिजी)लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्नुभन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुपर्छ,' उनले भने, ‘अब तीन वर्षपछि अर्को चुनाव हुन्छ। हामी अझैसम्म हिजो टिकट किन छुट्यो भनेर रोइकराई गरिरहेका छौं। यो प्रवृत्तिले हिँजो पनि बिग्रियो, भोलि पनि बिग्रिनेछ। त्यसैले बिगत कोट्याएर बस्ने होइन, अब कमीकमजोरीलाई करेक्सन गरेर अघि बढ्नुपर्छ।’

नगर सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरूले गत (२०७९ बैशाख) को स्थानीय निर्वाचन, टिकट वितरणलगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने यसो भनेका हुन्।
आफूबाहेक सबै नेतालाई बेठिक देख्ने प्रवृत्ति हाबी भएको भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘आफूमात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ। हरेकले खराब प्रवृत्ति बदल्यौं भने को खराब, को असल भनेर अलमलिनु पर्दैन।’ वडा सभापतिदेखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने कांग्रेसको संगठन सुदृढीकरण र विस्तार हुने बताए।

गाउँघरमा हुने विकास आयोजनामा सहभागिता जनाउने, नेतृत्व गर्ने, जनतासँगको सम्बाद बाक्लो बनाएमा संगठन विस्तार गर्न सकिने उनले बताए। गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाइँ सर्ने गरेको बताउँदै उनले भने, ‘गाउँ सहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौं भने बढ्दो क्रममा रहेको बसाइँसराइको डरलाग्दो स्थिति रोक्न सकिँदैन।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाइरहेको र त्यसमा सहभागी हुन उनले अनुरोधसमेत गरे।
 
प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाखभन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताए। ‘देखिनेगरी विकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ,' उनले भने, 'भवन निर्माणजस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौं, हाम्रो प्राथमिकतामा यो छैन।’

भोटका लागि स-साना टुक्रे योजना, सामुदायिकभन्दा पनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए।

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा गोरखा १ का सांसद राजेन्द्र बजगाई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.