कामदारबीच हानाहान हुँदा एक जना गम्भीर घाइते

कामदारबीच हानाहान हुँदा एक जना गम्भीर घाइते
सुन्नुहोस्

जोमसोम : राष्ट्रिय गौरवको निर्माणधीन जोमसोम-कागबेनी सडकका मजदुरबीच आपसमा हानाहान हुँदा एक जना मजदुर गम्भीर घाइते भएका छन्। 

घरपझोङ गाउँपालिका-४ जोमसोमदेखि उत्तरतर्फ करिब २ किमी परको निर्माणधिन कालोपत्रे सडकमा बिहीबार राति करिब १० बजेको समयमा मदिरा सेवन गरी उनीहरूबीच आपसमा झैझगडा हुँदा एक जना मजदुरको बाँया भागको आँखामा गम्भीर चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

घाइते हुनेमा धनकुटा सत्रजोरपाटी गाउँपालिका-५ घर भई विगत एक महिनादेखि निर्माण स्थलमा कार्यरत १८ वर्षीय मजदुर विधान लिम्बु रहेका छन्। प्रहरीले आपसमा झगडा गरी हानाहान गरेको आशंकामा बिहीबार राति नै १२ जना सडक मजदुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.