अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ : अर्थमन्त्री महत

अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको छ : अर्थमन्त्री महत
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताएका छन्। 

शनिबार जनकपुरमा जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले बिभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताएका हुन्।

अर्थमन्त्री डा. महतले बैंकहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताए। उनले विनयोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए। उनले अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने बतावरणको निर्माण भएको बताए। उनले सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उनले बताए।

अर्थमन्त्री डा. महतले मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गरे। उनले मधेसको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.