चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेट

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेट

काठमाडौं : चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेट गरेका छन्। शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यशैलीबाट असन्तुष्ट बनेका छन्। उनले आफ्ना पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्ने विषयमा समेत प्रधानमन्त्री दाहालसँग छलफल गरेको उच्च स्रोतले बताएको छ। एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री र नन्दा चपाईँ राज्यमन्त्री छन्।

अध्यक्ष नेपालले आफ्नो र पार्टीको भूमिकालाई नजरअन्दाज गरेको भन्दै सत्ता गठबन्धनको सार्वजनिकरूपमै खुलेरै आलोचना गर्दै आएका छन्। उनीहरूबीच चीन भ्रमण, सरकारको कामकारबाही र पछिल्लो समसमायिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। सत्ता गठबन्धनलाई थप बलियो बनाउने विषयमा पनि उनीहरू छलफल भएको थियो।

नेकपा एसभित्र माधव नेपाल र झलनाथ खनालबीच नेतृत्वलगायतका विषयमा विवाद बढिरहेका बेला यस भेटलाई महत्वपूर्ण मानिएको छ। समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल पनि नेपालसँगै बालुवाटार गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.