२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

दाङ : राष्ट्रियय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरूकै वितृष्णाले आफूहरू राजनीतिमा आएको बताएका छन्।
दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी काम गर्न पनि ठूला दललाई आग्रह गरे।
सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काममात्रै गरेको टिप्पणी गरे। जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्न बढी समय खर्चिएको बताए।
प्रतिक्रिया दिनुहोस !
