नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भइरहेको खेलमा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे। 

माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.