मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे, आन्तरिक घटे

मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे, आन्तरिक घटे
तस्बिर : सुन्दरकुमार थकाली

जोमसोम : सन् २०२२ को तुलनामा सन् २०२३ को ९ महिना अवधिमा मुस्ताङ घुम्ने विदेशी पर्यटक बढेका छन् । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्म कूल ५६ हजार ८८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम (एक्याप) चेक पोस्टले जनाएको छ । 

एक्याप चेक पोस्ट अनुसार मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा चेक पोस्टमा प्रवेश भएको विदेशी पर्यटकको तथ्याङकमा यो संख्या केही बढी हुनसक्ने अनुमान गरिएको छ ।
सन् २०२३ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा सार्क देशका ५१ हजार ५६४ र ४ हजार ५२४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रदिपराज रग्मीले जानकारी दिए ।

सन् २०२२ को १२ महिनामा कुल ५२ हजार ३९८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये सार्क देशका ४६ हजार ७१०  जना र विदेशी पर्यटक ५ हजार ६८८ जना मुस्ताङ भित्रिएका थिए । सन् २०२२ को जनवरी देखि सेप्टेम्बरसम्म तथ्यांकमा ४१ हजार ८३१ जना विदेशी मुस्ताङ भित्रिएकोमा सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांकमा ५६ हजार ८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।null

सन् २०२२ को कुल पर्यटकमध्ये सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्मको पर्यटकीय तथ्यांकमा १४ हजार २५७ जना अर्थात २५ दशमलव ४१ प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप जोमसोमको भनाई छ । सन् २०२२ मा कुल मध्ये सन् २०२३ को ९ महिना अवधिमै ३ हजार ६९० जना अर्थात ६ दशमलव ५७ प्रतिशत पर्यटक वृद्धि भएको हो ।

मुस्ताङमा सार्क तथा फरेनर विदेशी पर्यटकको संख्या बढेपनि आन्तरिक पर्यटकको सख्या घटेका छन् । आर्थिक मन्दी तथा सडक असजहता कारण आन्तरिक पर्यटक घटेको हो । जामसोम स्थित होटल ट्रेकर्स ईनका संञ्चालन सकबहादर लालचनले मुस्ताङमा विदेशी पर्यटक भित्रिने क्रम बढ्दो रहेपनि आन्तरिक पर्यटक विगतको तुलनामा कम भएको बताए ।

बर्खायामको मौसममा बेनी—जोमसोम सडकमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङमा आन्तरिक पर्यटक भित्रिन सकेका थिएनन् । सोह्र श्राद्ध सुरु भएसँगै आन्तरिक पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने थालेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनका अनुसार सोह्र श्राद्ध सुरु हुनु अघि मुक्तिनाथमा ९० प्रतिशत भारतीय र १० प्रतिशत आन्तरिक तिर्थालु मुक्तिनाथ दर्शन गर्न आउने गरेकोमा अहिले भारतीय र आन्तरिक तिर्थालुको संख्या बराबरी हुन पुगेको छ ।मुस्ताङमा बर्सेनि ७० हजार विदेशी र ५ लाख आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.