मेक्सिकोमा चर्चको छत खस्दा ७ जनाको मृत्यु, ३० बढी पुरिएको आशंका

एजेन्सी : मेक्सिकोमा एउटा चर्चको छत खस्दा कम्तिमा सातजनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा ३० बढी मानिस पुरिएको आशंका गरिएको छ।
केही बालबालिकाहरू समेत पुरिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलबाट मानिसको उद्दार भइरहेको छ।
स्थानीय र सञ्चारमाध्यमले १० जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाइएको छ।
तटीय प्रान्त तमाउलीपासका प्रहरीले जानकारी दिए अनुसार सान्ता क्रुज चर्चको छत खस्दा भित्र सामूहिक प्रार्थना सभा चलिरहेको थियो। ती प्रहरीका अनुसार प्रार्थना सभामा करिब १०० जना उपस्थित थिए।
अधिकारीहरूले भग्नावशेषमा पुरिएकाहरूको उद्दार गर्न चर्च वरपर शान्त वातावरण राख्न निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
