प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट, परियोजनाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेट, परियोजनाबारे छलफल
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेकी छन्।  आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। 

प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। 

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ। 

एमसीसीको ठेक्का प्रक्रियामा विवाद भइरहेको समयमा उनी नेपाल आएकी हुन्। ५० करोड डलर अमेरिकी सहायता रहेको एमसीसीपरियोजनाले २२ करोड डलरमा ४०० केभी विद्युत प्रसारणलाइन बनाउने भनेर ठेक्का आह्वान गरेको छ।  ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन बोलपत्र आह्वान गरे पनि ठेकेदार छनोट गर्न सकेको छैन। एमसीए (मिलेनियम च्यालेन्ज एकाउन्ट)-नेपालले दिएको अनुमानित दरभन्दा निकै बढीका प्रस्ताव आएपछि सरकारी अधिकारीहरु यो प्रक्रिया नै रद्द गरेर पुनः बोलपत्र आह्वान गर्नुपर्ने बताइरहेका छन्। एमसीएले गरेको लागत अनुमानभन्दा धेरै महंगा प्रस्ताव स्वीकृत गर्दा बजेट बढाउनुपर्ने र समयपनि लम्बिने संकेत देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.