सुरक्षाको आश्वासन पाएपछि खुल्यो वडा कार्यालय

महोत्तरी : सरोकारवाला निकायबाट सुरक्षाको आश्वासन पाएपछि आजबाट वडा कार्यालय निर्वाधरूपमा सञ्चालनमा ल्याउने तयारी भएको गौशाला नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष रामस्वार्थ यादवले बताएका छन्। वडाअध्यक्ष यादवले जनताको कामकाजको ध्यानमा राख्दै आजदेखि वडाकार्यालय सञ्चालनमा आउने जानकारी दिएका छन्।
उनले भने, ‘एक हप्ता अगाडि सुरक्षाको कारण देखाउँदै आफैंले कार्यालयमा ताला लगाइएको थिएँ। सो को जानकारी नगरपालिकालाई समेत गराएको थिएँ। अब गौशाला नगरपालिकाको कार्यालयलाई इलाका प्रहरी कार्यालयले आवश्यक परेको खण्डमा सुरक्षा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।’
स्थानीय केही व्यक्तिहरूले कार्यालयमै आएर अराजक गतविधि गरेपछि वडा कार्यालय सहजरूपमा सञ्चालन गर्नुपर्ने अवस्था नभएपछि कार्यालयमा तालाबन्दी गर्नुपर्ने बाध्यता रहेको वडाअध्यक्ष यादवले बताए। गत असोज ८ गतेका दिन वडा कार्यालयमा बसेको स्वयंसेविका छनौट कार्यक्रमकाबीच समान्यरूपमा सुरु भएको विवाद उग्ररुप लिएपछि वडा कार्यालयको अवस्था तनावमय बनेको यादवले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
