मिर्मिरेले पायो एफपीओ जारी गर्ने अनुमति
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ जारी गर्ने अनुमति दिएको हो ।
प्रतिकित्ता १ सय रुपैयाँ पर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।