ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना-२०८०’ लाई व्यवहारिकरूपमा कार्यान्वयनमा लैजाने गरी तयारी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यवहारिकरूपमा कार्यान्वयन गर्नेगरी तयारी गर्न निर्देशन दिएका हुन्।

उनले कार्ययोजनालाई छिट्टै मन्त्रिपरिषद्मा प्रस्तुत गरिने र पारित गरेर राष्ट्रिय कार्यभारका रूपमा अगाडि बढाइने भएकाले कार्यान्वयनको स्पष्ट मार्ग पहिल्याउनुपर्ने बताए। मन्त्री बस्नेतले बिजुलीको आन्तरिक खपत बढाउने र बढी भएको निर्यात गरिने भएकाले त्यसतर्फ पनि क्रियाशिल भएर लाग्नुपर्ने बताए। 

मन्त्रिस्तरीय निर्णयबाट गत असार २६ गते ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। सो कार्यदलले गत भदौ २६ गते मन्त्री बस्नेत समक्ष प्रतिवेदन पेश गरेको थियो। सो मार्गचित्रअनुसार सन् २०३५ सम्म कूल माग २८ हजार चार सय ६८ मेगावाट पुग्ने भएकाले सोही अनुसारको तयारी गर्नुपर्ने आवश्यकता रहेको ठहर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.