मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं : सरकारले आसन्न चाडपर्वको बेला हुनसक्ने कालोबजारी र अस्वभाविक मूल्यवृद्धि रोक्नका लागि बजार अनुगमनलाई तीव्रता दिने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैर खाद्य बस्तुहरुको बिक्री वितरणको अवस्थाबारे नियमित बजार अनुगमन गररी दोषी पाइए कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। बैठकले चाडपर्व लक्षित खाद्य बस्तुहरुको बिक्री वितरणका लागि सार्वजनिक निकायलाई सूपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको छ।
त्यस्तै बैठकले चाडपर्वको बेला उच्च माग हुने बस्तुहरुको कृतिम अभाव सिर्जना गरि अस्वभाविक मूल्यवृद्धि कालोबजारी, अखाद्य बस्तु मिसावट गरि गुणस्तरहीन तवरले बिक्री वितरण गर्ने अनुचित कार्यहरु नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने र निर्माणजन्य सामाग्री व्यवस्थापन तथा नियमन, विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने गरेको छ भने सहीद दशरथचन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालयसँग सम्बन्धित विधेयक पनि संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन्।
प्रतिक्रिया दिनुहोस !
