दसैं टीकाको साइत ११:२ मिनेटमा
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको साइत सार्वजनिक गरेको छ। दसैंको पहिलो दिन घटस्थापनाको शुभसाइत बिहान ११:२९ मिनेटमा रहेको छ।
यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।
त्यस्तै फूलपातीको साइत कात्तिक ४ गते बिहान ८:२४ बजे रहेको छ भने टीकाको साइत कात्तिक ७ गते बिहान ११:२ मिनेटमा रहेको छ। त्यसअघि देवी विसर्जनको साइत १०:३७ बजे रहेको समितिले जनाएको छ।