खुला भलिबलतर्फ मार्फा र आर्चरीतर्फ म्याग्दी च्याम्पियन

खुला भलिबलतर्फ मार्फा र आर्चरीतर्फ म्याग्दी च्याम्पियन
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा शनिबार सम्पन्न खुला भलिबलमा मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा र आर्चरीमा म्याग्दीको कर्माकेली टिम च्याम्पियन बनेका छन्। 

महोत्सवअन्तर्गत घरपझोङ गाउँपालिकाले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको फाइनलमा मुस्ताङको मार्फाले मुस्ताङ टाईगर टिमलाई सोझो सेटमा फाइनलमा हराउँदै च्याम्पियन बनेको हो। आर्चरीतर्फ म्याग्दीको कर्माकेलीले १४४ अंकले समेट्दै च्याम्पियन बनेको हो।

घरपझोङ गाउँपालिका कार्यालय परिसरमा सञ्चालन गरिएको खुला भलिबल प्रतियोगितामा विभागीय टिमसँग कुल १० टिमको सहभागिता रहेको थियो।

शनिबार सम्पन्न प्रथम कृषि तथा पर्यटन महोत्सवको अवसरमा सञ्चालित शनिबार सम्पन्न खुला भलिबलको फाइनलमा मुस्ताङको मार्फाले मुस्ताङ टाइगर टिमलाई सोझो ३ सेटमा हराउँदै उपाधि चुम्न सफल भएको हो। योसँग मुस्ताङ टाईगर टिम उपविजेतामै चित्त बुझायो।

यसअघि खुला भलिबलको सेमिफाइनलमा विभागीय टिम आर्मी भर्सेस मुस्ताङ टाईगर र मार्फा भर्सेस कोवाङको टिम आमनेसामने भएका थिए। सेमिफाइनल खेलमा मुस्ताङ टाईगरले विभागीय  टिम आर्मीलाई र मार्फाले कोवाङ टिमलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

यसैगरी आर्चरी प्रतियोगितातर्फ कर्माकेली टिम म्याग्दीले १५ डोरको १५० पूर्णाङ्कमा १४४ अंक हासिल गर्दै प्रथम घरपझोङ कृषि तथा पर्यटन महोत्सव २०८० को आर्चरी च्याम्पियन बनेको हो। आर्चरीतर्फ कुल ६ टिमको सहभागिता रहेकोमा मुस्ताङको थासाङ-२ कालिबराह टिमले १४४ अंक हासिल गर्दै उपविजेतामा चित्त बुझायो।

आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट ५ जना खेलाडी खेल्न पाउने व्यवस्था गरिएको थियो। प्रत्येक खेलाडीले १० पटक १५ डोरसम्म आर्चरी प्रहार गर्न पाउने प्रावधान राखिएको थियो।

प्रतियोगिताअन्तर्गतको खुला भलिबलतर्फको च्याम्पियनले नगद १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारे भने उपविजेता मुस्ताङ टाईगर टिमले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाए। 

यसैगरी आर्चरी च्याम्पियनले नगद ५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। खुला भलिबल र आर्चरी विजेता र उपविजेता टिमलाई घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतले नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.