घुम्ती व्यापार गर्न अनुमति लिनुपर्ने
स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा घुम्ती व्यापार गर्न अनुमति लिनुपर्ने भएको छ। घुम्ती व्यापारीका कारण यहाँका व्यापारी, व्यवसायी मारमा परेको गुनासा आएपछि गाउँपालिकाले अनुमति बिना घुम्ती व्यापारमा रोक लगाउने निर्णय गरेको हो।
अनुमति नलिइकन पैदल हिँडेर वा जीप, ट्रक, साइकल, लगायत कुनै माध्यम प्रयोग गरी व्यापार गर्न पाइने छैन। पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले सूचना जारी गर्दै पालिकासगँ अनुमति नलिइ सामानहरू बिक्री वितरण नगर्न अनुरोध गरेका छन्।