सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड गज्जबको मिठो बजारमा
काठमाडौं : सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ ब्राण्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ। गज्जबको पिरो चाउचाउको अपार सफलता पछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।
कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ। यो चाउचाउबाट उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि पनि कम्पनीको दावी छ ।
चाउचाउको बढ्दो मागलाई पूरा गर्न नेपाली उपभोक्ता र बजारको बदलिँदो स्वाद पूरा गर्ने कम्पनीको उद्देश्य रहेको छ।