इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं : सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको शोकमा भोलि (मंगलबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारी कार्यालय र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै ज्यान गुमाएका परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ।
(नोट : यसअघि भुलबस सार्वजनिक बिदा दिने निर्णय भएको समाचार प्रकाशित भएकोमा सच्याइएको छ- सम्पादक)