भारतको चर्चित एथर स्कुटर नेपालमा उपलब्ध हुने

भारतको चर्चित एथर स्कुटर नेपालमा उपलब्ध हुने
सुन्नुहोस्

काठमाडौं : वैद्य अर्गनाइजेसनको सहायक कम्पनी ‘वैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री गर्ने भएको छ। 

भारतमा सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर निर्माता एथरका उत्पादनलाई कम्पनीले नेपालमा उपलब्ध गाउने भएको हो। एथरले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्। 

आफ्ना उत्पादन विश्व बजारमा लैजाने एथरको रणनीतिमा वैद्य इनर्जीले साथ दिएको हो। एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ। भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिन्छ।

वैद्य अर्गनाइजेसनले उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्ने क्रममा ५६ वर्षदेखि टोयोटाका उत्पादन नेपालमा बिक्री गर्दै आएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यान्स वैद्यले वैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको बताए।

एथरका स्कुटटर आगामी नोभेम्बर (कात्तिक) बाट नेपाली बजारमा उपलब्ध हुनेछ। कम मेन्टीनेन्स खर्च, इफिसियन्ट र तिब्र गतिमा चलाउन सकिने एथर स्कुटरका विशेषता हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.