सडक कालोपत्रेको काम अलपत्र

सडक कालोपत्रेको काम अलपत्र

बुटवल : प्यूठानको व्यस्त सडक अन्तर्गत पर्ने बाग्दुला–दम्ती जोड्ने सडक कालोपत्र गर्ने योजना अलपत्र परेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म निर्माण पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि ठेकेदारको ढिलासुस्तीले सडक अलपत्र परेको हो। उक्त सडकको प्रगति हालसम्म २० प्रतिशत मात्र भएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख चन्द्र शाहले जानकारी दिए। 

सडक कालोपत्र गर्ने कामको सम्झौता हाम्रो निर्माण सेवा सुर्खेतसँग भएको शाहले जानकारी गराए। भ्याट सहित ५ करोड ४१ लाख रुपैयाँ लागतमा सडक कालोपत्र गर्ने सम्झौता भएको छ। 

प्यूठानको सबैभन्दा व्यस्त शहर मानिने बाग्दुला बजार क्षेत्रदेखि तीन किलोमिटर तीन सय मिटर लम्बाइ सडक कालोपत्र गर्ने योजना अलपत्र पर्दा यात्रुहरूले हैरानी खेप्नुपरेको छ। बाग्दुला चोकमा रहेका व्यवसायीहरूले सडक अस्तव्यस्त हुँदा दिनहुँ समस्या झेलिरहेको गुनासो गरेका छन्। 

बारम्बार मौखिक र लिखित रूपमा ताकेता गर्दा समेत निर्माण व्यवसायीले काम नगरेको कार्यालय प्रमुख शाहले जानकारी गराए। दसैं लगत्तै व्यवसायी काममा नफर्किए पेस्की, जमानत रोक्का गर्ने गरी बैंकलाई पत्र लेख्ने तयारी भइरहेको शाहको भनाइ छ। 

म्याद थपका लागि ठेकेदारले निवेदन दिए पनि म्याद थप नगरिएको उनको प्रतिक्रिया छ। लगातार काम गरेमा बढिमा डेढ महिना भित्रै काम सम्पन्न गर्न सकिने शाहले सुनाए। 

जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमा सडकको दुर्दशा देख्दा समग्र जिल्लाकै विकासको सन्देश राम्रो नजाने प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यले प्रतिक्रिया दिए। 

छिटो छरितो रूपमा सडक स्तरोन्नति गर्न उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए। यस सडक भएर दैनिक सयौँको संख्यामा सवारीसाधनहरू ओहोरदोहोर गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.