बागमतीमा खरको छाना मुक्त बनाउने कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

बागमतीमा खरको छाना मुक्त बनाउने कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले खरको छाना मुक्त बनाउने कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको हो। 

यस्तै बैठकले प्रदेशका ३ जिल्ला मकवानपुर, चितवन र धादिङमा बसोवास गर्दै आएका चेपाङ, वनकरिया माझी र बोटे जातिलाई लक्षित गर्दै एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धी कार्यविधि २०८०, स्वीकृत गरेको छ। 

प्रदेश सभाको वर्षे अधिवेशन आज असोज २३ गते राति १२ बजेदेखि अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री (प्रवक्ता) गंगानारायण श्रेष्ठ बताए। 

बैठकले प्रदेशभित्र रहेका प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने समेत निर्णय गरेको उनले प्रवक्ता श्रेष्ठले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.