लोक सेवामा आकर्षण, १ वर्षमा ५ लाखको दरखास्त

लोक सेवामा आकर्षण, १ वर्षमा ५ लाखको दरखास्त
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : लोक सेवा आयोगका परीक्षाप्रतिको आकर्षण बढ्दै छ। आयोगप्रतिको विश्वसनीयताको आधारमा नै दरखास्त दिनेको संख्या बढी छ। आर्थिक वर्ष ०७९/८० मा करिब पाँच लाखले लोक सेवाका लागि दरखास्त दिएका छन्। अघिल्ला वर्षमा भन्दा दरखास्त दिनेको संख्या बढेको छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको ०७९/०८० को वार्षिक प्रतिवेदनमा लोक सेवाका परीक्षाप्रति आकर्षण बढ्दै गएको देखिएको हो। 

लोक सेवाले जारी गरेका विभिन्न आन्तरिक तथा खुला प्रतियोगितात्मक विज्ञापनमा ४ लाख ८३ हजार २ सय ३ दरखास्त परेका थिए। यस्तै आर्थिक वर्ष ०७८/७९ मा लोकसेवाले लिएका विभिन्न परिक्षाका लागि ३ लाख ६५ हजार ४ सय ३४ दरखास्त परेका थिए। 

७७ वटै जिल्लाबाट दरखास्त 

आर्थिक वर्ष ०७९/८० मा लोक सेवाले लिएका विभिन्न परीक्षामा ७७ वटै जिल्लाबाट परीक्षार्थी सहभागी भएका थिए। सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा जिल्लाका धेरै परीक्षार्थीले लोकसेवामा भाग लिएका थिए। ती पाँच जिल्लाबाट ८१ हजार ४ सय ३ अर्थात १७ प्रतिशत दरखास्त परेका थिए। सबैभन्दा कम मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा जिल्लाबाट आवेदन परेका थिए। ती जिल्लाबाट  ३ हजार ७३ अर्थात् ०.६३ प्रतिशत मात्रै लोक सेवाका विभिन्न परीक्षामा दरखास्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ। 

यस अवधिमा आयोगबाट निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरूमा ४५ हजार ७ सय १५ महिला र ८४ हजार ७ सय ६ पुरुष गरी कुल १ लाख ३० हजार ४ सय २१ उम्मेदवार सम्मिलित भएका थिए। परीक्षामा अनियमितता गर्ने १९ महिला र २४ पुरुष गरी ४३ जना कारबाहीमा परेका थिए।

१ हजार ६ सय १६ विज्ञापन माग  

लोक सेवाले बढुवातर्फ ९ सय ९०, आन्तरिकतर्फ २ सय ८१, खुला प्रतियोगितातर्फ १ हजार ८०  तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रका समावेशी समूहतर्फ १ हजार ६ गरी ३ हजार ३ सय ५७ पदका लागि १ हजार ६ सय १६ वटा विज्ञापन तथा बढुवा सूचना प्रकाशन गरी दरखास्त माग गरेको थियो। 

साढे तीन हजारको स्थायी नियुक्ति

आर्थिक वर्ष ०७९/८० मा निजामती सेवातर्फ १ हजार ९९ महिला र २ हजार ५ सय ७६ पुरुष गरी ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए। वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा गुल्मी, स्याङजा, सर्लाही, जुम्ला र धनुषा छन्। मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्। मधेश प्रदेशबाट सबैभन्दा बढी ६ सय ८४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३ सय ९१ उम्मेदवार सिफारिस भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.