उसबेला मान्छेहरू नौरथाभरि नै विभिन्न इष्टदेवहरूको एक छाक खाएर पूजाआजा गर्ने गर्थे। मेरो घरमा पिताजीले हरेक वर्ष दसैंमा नौजना कन्या खोज्ने नौ दिनसम्म पूजाआजा गर्ने र पठाउने चलन थियो।
ब्राह्मण आएर घरमै पूजापाठ नगराई बुवालाई चित्त बुझ्दैनथ्यो। त्यो मौसममा दुईवटा जात्रा हुन्थ्यो, देमाडु भन्ने ठाउँमा भगवतीको जहाँ हामीलाई जान मनाही थियो किनभने अनावश्यक निहुँ खोजेर मारपिट गर्थे।
र, अर्को उदयदेवको मन्दिर पाटनमा अष्टमीको दिन हामी जान्थ्यौं। राँगा काट्थे, सबै हेरेर नवमीका दिन साँझमात्र घर फर्कन्थ्यौं। दसमीका दिन टीका लगाउने काम हुन्थ्यो। तर, मावल कहिल्यै गइनँ, टाढा थियो।
लोकेन्द्रबहादुर चन्द, ८० वर्ष, पूर्वप्रधानमन्त्री, बैतडी (हाल लोकन्थली, भक्तपुर)