एमालेको चियापानबाट फर्केको गाडी दुर्घटना, ११ जना घाइते

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका- १ निगालेस्थित खानीखोला गाउँपालिकाको तालढुङ्गाबाट बेथानचोकतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। बा १४ च ७०७७ नं. को गाडी ब्रेक फेल भइ दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका हुन्।
गाडीमा १८ जना यात्रु सवार रहेको बताइएको छ।
घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार नेकपा एमालेका नेताहरु चियापान कार्यक्रम सकेर सदरमुकाम धुलिखेल फर्कँदै गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
