करिडोरको विद्युत् सुधारको संकेत
अरुण तथा तमोर नदी र तिनका सहायक खोलानालामा निर्माण गरिएका विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउनेछ।
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनको सुधार, थप लाइन र सबस्टेसन निर्माण गरिरहेको छ।
मोरङ र सुनसरीका उद्योगीले मुख्य रूपमा गर्मीयाममा उद्योगमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन्। इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ। यसले गर्दा दुहवी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ।
अरुण तथा तमोर नदी र तिनका सहायक खोलानालामा निर्माण गरिएका विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। ताप्लेजुङ, पाँचथर, इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइन हुँदै झापाको दमकमा आउनेछ।
सुनसरी र मोरङको विद्युत् आपूर्ति सुधार र १३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३÷११ केभी रानी र टंकीसिनुबारी सबस्टेसनको भार घटाउन १३२ केभीको सबस्टेसन निर्माणाधीन छ। सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि इनरुवा सबस्टेसनबाट १३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
ठेकेदार कम्पनी सानडोङ ताइकाई इन्जिनियरिङ र मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन हुन्। इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० मध्ये ७३ टावरको जग हालिएको छ। प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ।
इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ। यसले पनि दुहवी सबस्टेसनको भार घटाउनेछ। इनरुवा–दुहवी १३२ केभिडबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ।