बढी भाडा लिएको भन्दै काउण्टरमा तालाबन्दी

बढी भाडा लिएको भन्दै काउण्टरमा तालाबन्दी
सुन्नुहोस्

गोरखा : गोरखा दरौदी यातायात कम्पनी प्रालिको भच्चेकस्थित टिकट काउण्टरमा स्थानीय युवाहरूले ताला लगाइदिएका छन्। चाडपर्वको मौका छोपी तोकिएको भन्दा धेरै भाडा लिएको भन्दै युवाहरूले बिहीबार काउण्टरमा ताला लगाएका हुन्।

तोकिएको भन्दा बढी भाडादर नलिन आग्रह गर्दा टिकट काउण्टरमा रहेका प्रालिमा सम्वद्ध यातायात मजदुरहरूले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीय ठाकुर अम्गाईंले जानकारी दिए। ‘भच्चेकदेखि काठमाडौंसम्म आठ सय ७० रुपैयाँ भाडा तिर्दै आएका थियौँ। अहिले एक हजारका दरले भाडा लिएका छन्। टिकट काट्छन्, तर टिकटमा पैसा लेख्दैननन्’ उनले भने, ‘किन यस्तो गरेको? नियम अनुसार भाडा लिनुस् भन्दा हामीसँग अभद्र व्यवहार गरेपछि हामीले काउण्टर बन्द गरिदिएका हौं।’

हालसालै मात्र जिल्ला प्रशासन कार्यालयमा भाडा निर्धारण समितिले निर्धारण गरेको भाडादर कायम गर्न आग्रह गर्दा समेत यातायात व्यवसायीले अटेर गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताए। ‘चाडवाडमा जे जसो भएपनि अव समितिले तोकेको दरमा भाडा लिनुपर्छ भनेर पटक पटक भन्यौँ, तर व्यवसायीहरू हामीसँग पो आक्रामक हुन्छन्। त्यसैले स्थानीय युवाहरू मिलेर ताला लगाइएका हुन्’, अध्यक्ष देवकोटाले भने। 

ताला खुलाउने विषयमा प्रहरी प्रशासनसँग आवश्यक छलफल भइरहेको उनले जानकारी दिए। प्रालिका अध्यक्ष नारायण खत्री भने क्यूमा रहेको गाडीले निर्धारितभन्दा बढि भाडा नलिएको दाबी गर्दै आएका छन्। ‘अस्ति क्यूको गाडी नपुगेर एउटा थप गाडी पठाएका थियौँ। त्यसले एक हजारका दरले भाडा लिएछ। त्यतिबेला सामान्य विवाद पनि भएको रहेछ। त्यही विषयलाई लिएर आज ताला लगाएका हुन्’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.