विराटनगरमा आईटीएफ तेक्वान्दोको दुई दिने सेमिनार सुरु

विराटनगरमा आईटीएफ तेक्वान्दोको दुई दिने सेमिनार सुरु
सुन्नुहोस्

विराटनगर : नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा दुई दिने सेमिनार सुरु शनिबारदेखि भएको छ। 

प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका हुन्। मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर विकास गर्नुपर्ने बताए। 

खेल क्षेत्रलाई सहयोग गर्न र खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको उनको भनाइ छ। खेलाडीहरूले देश विदेशमा गएर आफ्नो साथै देशको नाम उच्च राख्न भूमिका खेलिरहेको लिम्बूले बताए। 

खेलाडीले मुलुकका लागि गरिरहेको कुशल प्रदर्शनले सरकार तथा सरोकारवाला पक्षको ध्यान खिचेको उनको भनाइ छ। ‘क्रिकेट खेलका खेलाडीहरू विश्वकप खेल्न जाँदै छन्,’ मन्त्री लिम्बूले भने, ‘सरकार गम्भीर भएर लागेकाले नै खेल क्षेत्रमा राम्रो नतिजा हात परिरहेको हो।’ 

उनका अनुसार सरकारले खेलमा विशेष ध्यान दिँदै देशका विभिन्न स्थानमा नयाँ अन्तर्राष्ट्रियस्तरका रंगशाला बनाउन डीपीआरलगायतका काम थालिसकेको छ। 

अन्तर्राष्ट्रिय स्तरका खेलमा विजयी हुने तथा पदक जित्ने खेलाडीहरूलाई पुरस्कार तथा सेवासुविधा दिने भनेर खेल नीतिहरू संशोधन गरिएको उनी बताउँछन्। भन्छन्, ‘खेल नीति संशोधन गरी ठिक्क पारेर राखेको छौं। त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढी सकेको छ।’

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तरवृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याउनुपर्ने बताए। ‘खेलाडीले अन्तराष्ट्रिय पदक जित्न सरकारले सहयोग गर्नुपर्छ,’ कार्कीले भने, ‘खेलकुदका पछिल्ला घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको छ।’ 

सरकारको न्यून बजेट र खेल नीतिमा आधारित हुँदा पनि खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको उनको भनाइ छ। सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेट व्यवस्था गर्दै सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च मनोबल साथ खेलाडीले प्रदर्शन गर्न सक्ने कार्कीको धारणा छ। ‘सरकारले खेल क्षेत्रका लागि कन्जुस्याइँ गर्न भएन,’ उनले भने, ‘खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्न कुनै कसर बाँकी राख्दैनन्।’ 

सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। ‘कलर बेल्ट’ प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन्। उनीहरूले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै खेलाडीलाई दिइने प्रशिक्षणका विषयमा  प्राविधि ज्ञान हासिल गर्ने कार्कीले बताए। सेमिनार आइतबारसम्म सञ्चालन हुने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.