राहत रकम र सहयोग धमाधम जुट्दै

राहत रकम र सहयोग धमाधम जुट्दै
सुन्नुहोस्

त्यस्तै, भाट्टभटेनी सुपरमार्केटले भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने भएको छ। भाट्टभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उक्त रकम प्रदान गर्ने जानकारी दिएका छन्।

काठमाडौं : पश्चिम नेपालमा भूकम्पले क्षति पुर्‍याएपछि विभिन्न संघ–संस्था, दातृ निकायहरूका साथै प्रदेश र स्थानीय सरकारले पनि राहत दिने घोषणा गरेका छन्। बुद्ध एयरले १ करोड सहयोग गर्ने निर्णय गरेको छ। बुद्ध एयर परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय भएको सामाजिक सञ्जालमार्फत बताइएको छ। साथै, उद्धार तथा राहत सामग्री ढुवानीका लागि सहयोग गर्नका लागि बुद्ध एयर वचनबद्ध भएको पनि जनाएको छ।

त्यस्तै, भाट्टभटेनी सुपरमार्केटले भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने भएको छ। भाट्टभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उक्त रकम प्रदान गर्ने जानकारी दिएका छन्। गुरुङले भाटभटेनीका तर्फबाट भूकम्पपीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने निर्णय भएको बताएका छन्। भूकम्प पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरूप २५ लाख प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। 

भूकम्पपीडितका लागि यती ब्रुअरी (अर्ना बियर)ले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। ब्रुअरीले विपद्को घडीमा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी रहेको बताएको छ। 

कांग्रेस नेता तथा औषधि व्यवसायी डा.अबुल हुसेन अन्सारीले भूकम्प पीडितहरूका लागि ४ लाख बराबरको औषधि भूकम्प प्रभावित जाजरकोट तथा पश्चिम रूकुमका लागि पठाएका छन्। व्यापारी शेष घलेले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। गैरआवासीय नेपाली घलेले शनिबार एक विज्ञप्ति जारी गर्दै उनी अध्यक्ष रहेको एमआईटी ग्रुपले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आंकलन गरेर अध्ययनपछि कस्ता उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी हुन्छ सोहीअनुसार स्थानीयहरूका प्राथमिकताका आधारमा राहत तथा उद्धार कार्यमा संलग्न हुने जनाएका छन्।

गैरआवासीय नेपाली संघले समेत छुट्टाछुट्टै सहयोगको घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार, माल्टा, यूएईसहित प्रवासी नेपालीहरूको संघ संगठनले दुःखको यस घडीमा आफूहरू सहयोग गर्न तत्पर रहेको सन्देश दिएका छन्। बद्री केसी र आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर भूकम्प पीडितलाई सहयोगको घोषणा गर्दै राहत लिएर जाने बताएको छ। अध्यक्ष डा. बद्री केसी र महासचिव गौरीराज जोशीले शनिबार एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अर्का अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदीद्वारा जारी गरेको विज्ञप्तिमा भूकम्पपछि भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएनए अभियन्ताहरूबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्न लागिएको उल्लेख गरेका छन्। 

त्यस्तै, भूकम्पमा परी घाइते भएकाहरूको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएको हो। 

राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन्। भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने उनले निर्णय गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.