जाजरकोटमा भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार (फोटो फिचर)
जाजरकोट : भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका-१ च्युरी गाउँको नलगाड खोलामा १३ जनाको सामूहिक दाहसंस्कार गरिएको हो।
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै उक्त भूकम्पमा परी करिब दुई सयजना घाइते भएका छन्।
भूकम्पमा नलगाड नगरापलिकामा १७ जनाको मृत्यु भएको थियो। तीमध्ये १३ जना च्युरी गाउँका रहेका छन्। आइतबार बिहान च्युरी गाउँका १३ जनाको दाहसंस्कार गरिएको हो।