बागमतीका कर्मचारीले भूकम्पपीडितलाई १ करोड २५ लाख सहयोग गर्ने
हेटौंडा : बागमती प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितलाई १ करोड २५ लाख सहयोग गर्ने भएका छन्।
मंगलबार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले प्रमुख सचिव र सचिवको ३ दिनको तलब अधिकृत स्तरको कर्मचारीको २ दिनको र बाँकी कर्मचारीहरूको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो।